Nepali Date Function Solution Excel VBA Add In

पछिल्लो समय एक्सेल हाम्रो दैनिक कामकाजको अभिन्न अंग बनेको छ । हामिले अफिस देखि व्यक्तिगत काम सम्म एक्सेल सिस्टममा अद्यावधिक गर्नुपर्ने हुन्छ र यहि कामको सिलसिलामा हामिलाई नेपाली मितिसँग सम्बन्धित कार्य पनि गर्नुपर्ने हुन्छ । यसरी एक्सेलमा नेपाली मितिलाई सहि तरिकाले प्रयोग गर्न र प्रयोगकर्ताको व्यवहार अनुसार चलाउन हालसम्म कुनै निश्चित प्रकारका कार्य/सिस्टम निर्माण गरिएका छैनन । मैले एक्सेलको नेपाली मितिलाई प्रयोगकर्ता मैत्री बनाउन एक साधारण एक्सेल एड-इन मोड्युल बनाएको छु जसको प्रयोगद्वारा तपाइहरुले एक्सेलमा काम गर्ने क्रममा सजिलै नेपाली र अंग्रेजी मिति रुपान्तरण गर्ने, मितिहरु घटबढ गर्ने, मिति गणना गर्ने, उमेर पत्ता लगाउने, सप्ताहको मिति बार पत्ता लगाउने जस्ता धेरै प्रकारका कार्यहरु गर्न सक्नुहुनेछ ।


यस एक्सेल एड-इन मोड्युलमा समावेश भएका उपलब्ध विशेषताहरु:

१)अंग्रेजि मितीलाई नेपाली मितिमा रुपान्तरण गर्ने:

- Formula: AD2BS("AD Date") 

२)नेपाली मितिलाई अंग्रेजिमा रुपान्तरण गर्ने:

-Formula: BS2AD("BS Date")

३)नेपाली मितिको वर्ष पत्ता लगाउने:

-Formula: BS_Year("BS Date")

४)नेपाली मितिको महिना पत्ता लगाउने:

-Formula: BS_Month("BS Date")

५)नेपाली मितिको गते पत्ता लगाउने:

-Formula: BS_Day("BS Date")

६)नेपाली मितिको बार पत्ता लगाउने:

-Formula: BS_Week_Day("BS Date")

७)नेपाली मितिमा दिन घटबढ गर्ने:

-Formula: BS_Days_Add("BS Date,±Days to Add)

८)नेपाली मिति बिचको दिनको फरक पत्ता लगाउने:

-Functions: BS_Days_Count("BS Date1,BS Date2")

९)नेपाली मितिमा महिनाको अन्तिम दिन पत्ता लगाउने:

-Formula: BS_MEnd("Bs Date")

१०)नेपाली मितिमा महिनाको शुरु दिन पत्ता लगाउने:

-Formula: BS_MStart("BS Date")

११)नेपाली मितिमा आउने महिनाको अन्तिम दिन पत्ता लगाउने:

-Formula: BS_NMEnd("Bs Date")

१२)नेपाली मितिमा अर्को महिनाको शुरु दिन पत्ता लगाउने:

-Formula: BS_NMStart("BS Date")

१३)नेपाली मितिमा अघिल्लो महिनाको अन्तिम दिन पत्ता लगाउने:

-Formula: BS_PMEnd("Bs Date")

१४)नेपाली मितिमा अघिल्लो महिनाको शुरु दिन पत्ता लगाउने:

-Formula: BS_PMStart("BS Date")

१५)अन्य फन्टमा टाइप गरिएको नेपाली मितिलाई प्रीती फन्टमा लैजाने:

-Formula: BS_Preeti("BS Date")

१६)हाल चलिरहेको नेपाली मितिको त्रैमासको पहिलो दिन पत्ता लगाउने:

-Formula: BS_QStart("BS Date")

१७)हाल चलिरहेको नेपाली मितिको त्रैमासको अन्तिम दिन पत्ता लगाउने:

-Formula: BS_QEnd("BS Date")

१८)हालको नेपाली महिनालाई प्रीती फन्टमा उल्लेख गर्ने:

-Formula: BS_Month_Nep("BS Date")

१९)हाल चलिरहेको नेपाली मितीको आर्थिक वर्ष पत्ता लगाउने:

-Formula: FY_Nepali("BS Date")

२०)नेपाली मितिलाई प्रीती फन्टमा कानुनी कागजको लागि उल्लेख गर्ने (उदाहरण संवत् २०७९ बैशाख महिना ०१ गते रोज ५ शुभम !!!)

-Formula: BS_Roj("BS Date")

२१)नेपाली मितिको पूरा मिति उल्लेख गर्न (उदाहरण २०७९ बैशाख ०१)

-Formula: BS_Long("BS Date")

Comments